काठमाडौं, ७ माघ । सरकारले कोरोना भाइरसको बढ्दै गइरहेको संक्रमणदरलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरेको छ । स्वास्थ्य मन्त्रालयले आज राति १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रशासनले सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाग्रेसहित) जिल्ला भित्र जोर गते जोर र बिजोर गते बिजोर प्रणालीमा सञ्चालन गर्न आदेश दिएको छ ।
जोर बिजोर प्रणाली लागु नहुने गरी सञ्चालन गर्न पाइने सवारी साधनहरुमा
- औषधी एवं स्वास्थ्य सामाग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववहान
- ग्यास, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालकमात्र)
- खाद्यान्य, दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, अन्डा, माछामासु, पशुपक्षीका दाना एवं कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारी
- साधन (चालक र सहचालकमात्र)
- निर्माण सामाग्री बोक्ने सवारी साधन
- परिचयपत्रको आधारमा–सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन
- बैंक/बिमा/बित्तिय संस्था/वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन
- सरकारी सवारी साधन
- कुटनैतिक नियोगका सवारी साधन