Logo

स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न माग



काठमाडौँ, ७ माघ । कोरोना महामारीलाई ध्यान दिँदै व्यवसायीहरुले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आबद्ध व्यवसायीहरुले कोभिडको भयावह अवस्था देखिएको अवस्थामा लकडाउन गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पारेको बताउँदै व्यवसायीहरुले कोरोना कहरको बीच पनि व्यवसाय सञ्चालन गर्न माग गरेका हुन् ।

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने व्यवसायीको माग छ । यस्तो महामारीको समयमा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot