Logo

दुवै खोप लगाएका विदेशी नगारिकलाई मात्र अनअराइभल भिसा दिने विभागको निर्णय



काठमाडौँ, ७ माघ। अध्यागमन विभागले कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ। अ

ध्यागमन विभागले आज (शुक्रबार) सूचना जारी गर्दै दुवै खोप लगाएका विदेशी नागरिक प्रवेश आज्ञा (भिसा) प्राप्त गर्न प्रवेश विन्दुमा दुवै खोप लगाएको १४ दिन पुगेको प्रमाण, ७२ घन्टा अघिको कोभिडको नेगेटिभ रिपोर्ट, होटल बुकको प्रमाण, पर्वतारोहरण र पदयात्राको अनुमति पत्र पेश गर्नुपर्ने जनाएको छ।

यस्तै अध्यागमन विभागका अनुसार कोभिड -१९ विरुद्ध खोप नलगाएका विदेशीहरुले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट भिसा लिनुपर्नेछ। कोभिड -१९ विरुद्ध खोप नलगाएका, खोप लगाएको १४ दिन नपुगेका विदेशीहरुले नेपाल आउँदा प्रवेश विन्दुमा अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्नेछ। रिपोर्ट पोजिटिभ देखिए स्वास्थ्य मन्त्रालयले तोकिएको आइसोलेसनमा र नेगेटिभ आए पाँचदिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रवेश विन्दुमा एन्टिजेन परीक्षण नभए आफू बस्ने होटलमा एन्टिजेन परीक्षण गराउनुपर्नेछ। यस्तै, आइसोलेनमा बस्ने खर्च विदेशी नागरिक स्वयमले व्यहोर्नुपर्ने अध्यागमन विभागले जनाएको छ। खोपको मात्रा पूरा गरेका नेपालमा रहेका कुटनीतिक नियोगका पदाधिकारी,कर्मचारी र तीनका परिवारका सदस्यहरुलाई अनअराइभल भिसा उपलब्ध हुनेछ। खोपको मात्रा पूरा नभएका त्यस्ता व्यक्तिहरुलाई सम्बन्धित नियोगले तोकेको स्थानमा पाँचदिन क्वारेन्टिनमा बस्नुपर्नेछ।



प्रतिक्रिया दिनुहोस्