काठमाडौं, ७ माघ । श्रव्य पुस्तकालय तथा श्रोत केन्द्र नेपालका सदस्य तथा उप-प्राध्यापक डा. गोविन्द प्रसाद आचार्यले नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्टियसभा सदस्य रामनारायण बिडारीले अन्धा र बहिराले पनि कानून बुझ्छन् भनेर दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा बिडारीले बोलेको शब्दलाई लिएर आचार्यले यस्तो आपत्ति जनाएका हुन् । आचार्यले आफ्नो तर्फबाट एक वक्तव्य जारी गर्दै भनेका छन्-“एउटा कानुनविद्लाइ देशको जिम्मेवार पदमा बसेर हेप्ने होच्याउने शब्द प्रयोग गर्नुहुन्न भन्ने हेक्का नहुनु जस्तो लाजमर्दो र घीनलाग्दो प्रवृत्तिसंग दृष्टिविहीन र बहिराहरुको तर्फबाट म उप प्राध्यापक डा. गोविन्द प्रसाद आचार्य कडारुपमा आपत्ति जनाउँद छु । उहाँले छुचो बोलेपछि एक दुइ शब्द भन्न मलाई पनि आपत्ति छैन ।”
मिति २०७८र१०र०७ गते वरिष्ठ पत्रकार ऋषि धमला द्वारा संचालित जनता जान्न चाहन्छन् कार्यक्रममा माथिल्लो सभाका सांसद , वरिष्ठ कानूनविद रामनारायण बिडारी को अन्तर्वार्ता देशभरि प्रसार भएको छ। उक्त कार्यक्रममा स् “अन्धा र बहिराले पनि कानुन बुझ्छन्” भन्ने वाक्य प्रयोग भएको छ । प्रसिद्ध कार्यक्रममा अन्धा र बहिरा जस्ता गैरकानुनी शब्द प्रयोग गरेर तिनीहरुलाई बिम्ब बनाएर तिनीहरु तल्लो दर्जामा छन् अज्ञानी छन् भन्ने मनशाय प्रयोगगरी आफ्नो छुच्चो बोली भित्र अन्तर्घुलन गरी नराम्रो रुपमा बिम्ब दिनु बाट रामनारायण विडारीको मनसाय तिनीहरु प्रति कस्तो छ भन्ने विषयमा राम्ररी प्रष्ट भएको छ । एउटा कानुनविद्लाइ देशको जिम्मेवार पदमा बसेर हेप्ने होच्याउने शब्द प्रयोग गर्नुहुन्न भन्ने हेक्का नहुनु जस्तो लाजमर्दो र घीनलाग्दो प्रवृत्तिसंग दृष्टिविहीन र बहिराहरुको तर्फबाट म उप प्राध्यापक डा। गोविन्द प्रसाद आचार्य कडारुपमा आपत्ति जनाउँद छु । उहाँले छुचो बोलेपछि एक दुइ शब्द भन्न मलाई पनि आपत्ति छैन ।
Related Video: