Logo

एनआईसी एशिया बैंकको २ अर्ब ४० करोड खुद नाफा, अधिकांश परिसुचक उत्साहजनक



काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । बैंकले दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड २० लाख ६६ हजार खुद नाफा गरेको विवरणमा उल्लेख गरिएको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १६ दशमलव ५७ प्रतिशत बृद्धि भएको हो ।

बैंकले गत वर्ष सोही अवधिसम्म बैंकको खुद नाफा रू.२ अर्ब ६ करोड ५ लाख ३७ हजार थियो । चालु आवको यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ८५ करोड ९३ लाख ९० हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष बैंकले १२ दशमलव ५९ प्रतिशत बढी रू. ३ अर्ब ४२ करोड ५ लाख ५५ हजार सञ्चालन नाफा गरेको छ । १७ दशमलव ७९ प्रतिशत प्रस्तावित लाभांश पारित गर्न बाँकी बैंकको चुक्तापूँजी भने रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार छ ।

त्यस्तै, बैंकको जगेडा कोष रकम रू. ८ अर्ब ७६ करोड ७९ लाख ९१ हजार रहेको बैंकको रिटेन्ड अर्निगमा रू. २ अर्ब ७८ करोड २८ लाख ९२ हजार रहेको छ । गत वर्षभन्दा २ दशमलव ७६ प्रतिशत बढी रू. २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख ७२ हजार निक्षेप संकलन गरेको बैंकले गत वर्षभन्दा ५ दशमलव २९ प्रतिशत बढी रू. २ खर्ब ६१ अर्ब ९२ करोड ३० लाख ३३ हजार कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४३ रहेकोमा यस वर्ष शून्य दशमलव ४७ कायम भएको छ । प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ५४ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १९९ दशमलव ८९ छ ।

 



प्रतिक्रिया दिनुहोस्