Logo

आज संक्रमणबाट थप तीन जनाको मृत्यु



काठमाडौँ, ७ माघ । कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका १० हजार ७०३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९६ हजार ५ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ७ सय ६६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १९ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्