काठमाडौँ, ७ माघ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौँ उपत्यकाका मात्रै ५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौँमा आज ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना संक्रमित थपिएका हुन्। त्यस्तै आज सक्रमणबाट ३ जनाको मृत्यु भएको छ।