Logo

सुनिल शर्मालाई तुरुन्त गिरफ्तार गरी कारबाहीको माग गर्दै विद्यार्थीहरुले भेटे गृहमन्त्री र शिक्षामन्त्रीलाई (फोटोफिचर)



काठमाडौं, ७ माघ । सत्तारुढ दलनिकट विभिन्न विद्यार्थी संगठनका नेताहरुले आज गृहमन्त्री बालकृष्ण खाँण र शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिलकुमार शर्मालाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

उनीहरुले आज सिंहदरबारस्थित् गृहमन्त्रालयमा पुगेर मन्त्रीद्धयलाई भेटी शर्मामाथि कारबाहीको माग गरेका हुन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले सरकार भएको अनुभुति दिलाउनको लागि पनि शर्मामाथि कारबाहीको माग गरे ।

उनले शर्माले विद्यार्थीमाथि मानसिक तनाव दिएको र ठगी गरिरहेको आरोप लगाए । शर्मा नेपालको शिक्षालाई व्यापार गर्न उद्धत रहेको पराजुलीले टिप्पणी गरे । केएमसीमा अध्ययनरत विद्यार्थीहरु पनि गृहमन्त्रालय पुगेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्