Logo

चुनावबारे सत्ता गठबन्धन अझै अनिर्णित



काठमाडौं, ७ माघ । निर्वाचनको मिति घोषणाबारे सत्ता गठबन्धन अझै निर्णयमा पुग्न सकेका छैनन् । गठबन्धनमा रहेका शिर्ष दलका नेताहरुको बैठक बसेर पनि सहमति बन्न सकेको छैन । शुक्रबार अपरान्ह बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पनि निष्कर्ष निकाल्न सकेन ।

समितिले स्थानीय निकायको निर्वाचनबारे कानुनविदहरुसँग परामर्श गर्ने निर्णय लिएको छ । गठबन्धनभित्र स्थानीय निर्वाचन पहिले गर्ने वा प्रतिनिधि सभाको निर्वाचन गर्नेबारे मतभेद छ । माओवादी र नेकपा एस पहिले प्रतिनिधिसभाको निर्वाचनको पक्षमा छन् । नेपाली काँग्रेस भने स्थानीय तहको निर्वाचन पहिले गरेर संविधान अनुसार बढ्नुपर्नेमा जोड दिइरहेको छ ।

संविधान अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको समय सकिनुभन्दा २ महिना अगावै चुनाव गर्नुपर्ने उल्लेख छ । तर, स्थानीय निकायलाई केही समय जनप्रतिनिधिविहिन बनाएर जान खोजिएको छ । यसको आलोचना भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै तीन तहको चुनाव आगामी वर्ष गर्नुपर्ने भएकाले तयार रहन भनिसकेका छन् । उनले चुनावको मिति चाँडै घोषणा गर्ने संकेत गरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्