Logo

मुम्बईमा २० तल्ले भवनमा आगलागी हुँदा सातको मृत्यु



एजेन्सी, ८ माघ। भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ ।

बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये छ जना वृद्धवृद्धा हुन् । आगो तान्डदेव इलाकाको कमला सोसाइटीको १९ औं तल्लामा लागेको हो । करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण थाहा भएको छैन ।

बृहन्मुम्बई महानगरपालिकाका अधिकारीका अनुसार नायर अस्पतालमा पाँच तथा कस्तुरबा अस्पताल र भाटिया अस्पतालमा एक एक जनाको मृत्यु भएको हो ।मुम्बई प्रशासनका अनुसार जलेर घाइते भएका १९ मध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरुको आईसीयूमा उपचार भइरहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot