Logo

माओवादी केन्द्रको बैठकमा निर्वाचनबारे छलफल



काठमाडौँ, ८ माघ। नेकपा (माओवादी केन्द्र)काे स्थायी समितिका सदस्यहरूले तीनै तहका निर्वाचन एकैसाथ गर्नु उपयुक्त हुने सुझाव दिएका छन्। आज (शनिबार) बिहान बसेको स्थायी कमिटी बैठकमा उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव तीनै तहको एकैपटक गर्दा राम्रो हुने सुझाव दिएका हुन्। बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनद्वारा गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकमा भएको छलफलको ब्रिफिङ सुनाएका थिए।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बैठकमा तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविहरुको रायअनुसार कानूनविद्हरूसँग छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिए। उनका अनुसार बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय पनि गरेको छ। बाँकी रहेका संगठनात्मक काम टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको उनले बताए।-File Photo



प्रतिक्रिया दिनुहोस्