Logo

भट्टराईलाई बाँस्कोटाको काउन्टर– विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लिदैन



काठमाडौं, ८ माघ । नेकपा (एमाले)का नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटा र जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष समेत रहेका डा.बाबुराम भट्टराईबीच जूहारी चलेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा उनीहरुको आरोपप्रत्यारोप चलेको हो ।

छ घण्टा अघि उनले नेकपा एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको भन्ने विषयलाई लिएर नेकपा (एमाले) नवफासिवादी तत्व भएको आरोप लगाएका थिए ।
भट्टराईले लेखेका छन्, ‘विना कारण ६ महिनादेखि संसद अबरूद्ध गर्ने,वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्। नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ।’
त्यसको केहि घण्टामा बास्कोटाले भट्टराईलाई विदेशी एजेन्ट भन्दै हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता नभएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने, चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन। अझ थप्छु(सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन । रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन।विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot