Logo

संविधानविद् आचार्यको टिप्पणी : संविधानले तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ



काठमाडौं, ८ माघ । संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानले समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको बताएका छन् । आचार्यले संविधानले न चाँडो (अर्ली), न ढिलो (डिले) तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको उल्लेख गरेका छन्। पछिल्लो समय स्थानीय तहको निर्वाचन सार्ने कुरा आएपछि आचार्यको यस्तो टिप्पणी आएको हो ।

उनले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्–

संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) तोकिएको समय मै निर्वाचन हुनु पर्ने व्यवस्था गरेको छ। जसअनुसार प्रतिनिधि सभाको पाँच वर्ष (धारा ८५) (५ वर्ष ननघाएर) र स्थानीय तहको ‘कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले छ महिना भित्र'( धारा २२५) निर्वाचन सम्पन्न भैसक्नु पर्छ। कुन महिना, कुन बार र कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot