Logo

स्रोत नखुलेको भारतीयरुपैयाँसहित पक्राउ



महोत्तरी, ८ माघ। स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेक सहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त भारतीय रुपैयाँ र चेक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्