Logo

स्थानीय निर्वाचन देखि प्रतिनिधिसभाको निर्वाचन संविधानले तोकेबमोजिम समयमै हुनुपर्छः प्रकाशमान सिंह



काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले गौर नरसंहारबारे दिएको अभिव्यक्तिको आलोचना गरे । उनले काँग्रेस सधै हिंसाको विपक्षमा रहेको प्रष्ट पारे ।

चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डाक्टर मिता सिह को पुस्तक द स्ट्रगल अफ गणेशमान सिह को लोकार्पण पछि पत्रकारहरु ले राखेका जिज्ञासामा सिंहले भने, काँग्रेस हिंसालाई कहिले मान्यता दिदैन ।’

उनले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताए । संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्ने मा जोड दिए।
संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो।
‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरु मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको स्मरण गराए।

फरक प्रसंगमा नेता सिंहले १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूमाथि अन्याय गरेको पनि भन्दै ‘१३ औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिष्पर्धा गर्न मलाई जुनियर भनियो,’ ‘तर, अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भने।’
१३ औँमा आफूलाई जुनियर भनेर सभापतिको प्रतिष्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिष्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट्याए।

‘१३ औँमा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने,’ उनले प्रश्नगरे, ‘आज १४ औँमा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु भन्दै द्रोस्रो चरण मा आफुले शेरबहादुर देउवालाई विधि नियम्म सम्वत पाटि संचालन गर्ने प्रतिबद्धता अनुरुप सहयो गरेको भन्दै पाटि भित्र को आन्तरिक प्रतिस्पर्धा लाई आफुले स्वभाबिक रुप मा लिएको बताए । लोकार्पण कार्यक्रममा पुस्तकि लेखिका डा मिता सिह प्रा कपिल श्रेष्ठ कनक मनि दिक्षित लगायत आफ्नो विचार राखेका थिए । कार्यक्रम गणेशमान सिह फाउन्डेसनको आयोजनामा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्