काठमाडौं, माघ ९ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको छ।
सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघर गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ। आज वर्षा र हिमपातको सम्भावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।