काठमाडौं, ९ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ । ओलीलाई संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित् गरिएको छ ।
ओलीले आज एक वक्तव्य जारी गर्ने भएका छन् । त्यसमा आफूलाई संक्रमण पुष्टि भएकोबारे पनि जानकारी दिईने जनाईएको छ । पछिल्लो समय शीर्ष नेताहरु पनि धमाधम संक्रमित भएका छन् । केही समय पहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्षलाई पनि संक्रमण भएको थियो । अहिले उनी संक्रमणमुक्त भएका छन् । file photo