Logo

 घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ९ माघ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर आज प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot