Logo

राप्रपाले बोलायो पदाधिकारी बैठक, आयोगले दिएको निर्देशनबारे छलफल हुने



काठमाडौँ, ९ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सिमा दिएपछि राप्रपाले बैठक बोलाएको हो ।

‘निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक छलफल गर्न पदाधिकारी बैठक आज १ बजे पछि बस्ने र बैठकले आवश्यक निर्णय लिने केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए ।

गत मंसिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दल सम्बन्धी ऐन बमोजिम गत १० पुसमा अद्यावधिक गर्नका लागि आयोगलाई महाधिवेशनबाटै पारित नयाँ विधान​ पठाएको थियो । तर, राप्रपाको नयाँ विधानमा ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ उल्लेख भएको भन्दै मान्यता नदिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्