काठमाडौँ, ९ माघ। गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन् । उनले लुम्बिनी र मधेशका मुख्यमन्त्रीसहित १२ जिल्लाका सीडीओहरूसँग कुराकानी गरेका हुन्।
गृहमन्त्री खाँणले लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेसका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्ला कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलबस्तु र नवलपरासी पश्चिमका प्रजिअलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्। सितलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि उनले जानकारी लिएका छन्।-File Photo