काठमाडौं, ९ माघ । काठमाडौंको चाबहिलमा मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको ॐ चाबहिल डेन्टलले थप एक नयाँ शाखा विस्तार गरेको छ । डेन्टलले शनिवार कोटेश्वर चोकमा नयाँ शाखा विस्तार गरेर सेवा प्रारम्भ गरेको हो ।
शनिवार कोटेश्वरमा डेन्टल शाखाको उद्घाटन आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले गरेका हुन् । अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीर रूपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका रोगहरूबाट मानिसको तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ रोगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतको परीक्षण गराइरहनुपर्ने उनले सुझाव दिए ।
शुभकामना व्यक्त गर्दै डा. बुढाथोकीले सर्वसाधारणमा पनि विस्तारै दाँत र मुखमा लाग्ने रोगप्रति सचेतता देखिएकोले नै सरकारी सँगसँगै निजी क्षेत्रमा पनि दाँत तथा मुखको उपचार गर्ने अस्पतालहरूको विस्तार भइरहको उल्लेख गरे । दाँतको उपचारमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको औल्याउँदै ॐ चाबहिल डेन्टलले गुणस्तरीय र ग्रामीण क्षेत्रमा पनि पुगेर आफ्नो सेवा विस्तार गर्न आग्रह गरे ।
‘दाँत र मुखमा लाग्ने रोगले लगातार दुःख दिने समस्याको रूपमा नभइ बीच बीचमा मात्रै बल्झने प्रकृितका हुन्छन् । त्यसैले, अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारणले बिरामीहरू अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल धाउनाले रोगले जटिलता निम्त्याइसकेको हुन्छ । सो अवस्थामा रोग निको हुन लामो समय लाग्ने, कठीन प्रक्रिया अपनाउनुपर्ने भएकाले दाँतको उपचार महँगो लागिरहको जस्तो लाग्छ ।’ डा. बुढाथोकीले भने,‘दाँत दुख्नु गिजाबाट रगत आउनु मात्रै दाँतको समस्या होइन, दाँत नदुखेको र गिजाबाट रगत नआएको बखत पनि दन्त समस्या हुन सक्छ । त्यसैले प्रत्यक्ष ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण संभव हुन्छ । स्वास्थ्य सचेतना फैलाउन ॐ चाबहिल डेन्टलको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने मेरो विश्वास छ । अस्पतालले सेवा र सचेतनासँगसँगै लैजाओस् मेरो शुभकामना ।’
चाबहिल चोकमा गुणस्तरीय सेवा सञ्चालन गर्दै आइरहेको डेण्टलले सेवाग्राहीकै अनुरोधमा कोटेश्वरमा शाखा खोलिएको सञ्चालक तथा अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले बताए ।’ यस क्षेत्रमा दशकभन्दा लामो अनुभव र सेवाग्राहीसँगको सामिप्यता, मायाले कोटेश्वरमा पनि शाखा विस्तार गरिएको हो । नयाँ प्रविधि र अनुभवी तथा दक्ष डाक्टरहरूको सहकार्य गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं । जुन काम हामीहरू चाबहिलबाट पनि गरिनै रहेका छौं’ घिमिरेले भने ।
प्रबन्धक निर्देशक अनिल शर्माले विभिन्न जिल्लाका स्थानीय तहसम्म पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा ॐ चाबहिल डेन्टलले दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको बताए ।
शर्माले रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु अतिनै उत्तम हुने बताउँदै दाँतको समस्याको कारण दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगहरूबाट ग्रसित नहुन तथा स्वस्थ दाँत, स्वच्छ स्वस्थ रहनको लागि बेला बेलामा परीक्षण नै उत्तम उपाय भएको उल्लेख गरे ।
सेवा प्रारम्भ भएदेखि ॐ चाबहिल डेन्टलले कोटेश्वर शाखाले एक महिना अर्थात माघ महिनाभरी दाँत तथा अनुहारको निशुल्क परीक्षण तथा अन्य उपचार सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक शर्माले जानकारी दिए । शर्माले भने, ‘चाबहिल जस्तै कोटेश्वर शाखा पनि कोटेश्वर चोकको प्रहरी चौकीसँगै भएकाले सबैतिरबाट बिरामीलाई आउन जान यातायातको सहज सुविधा र उपचारको लागि पनि दाँतसम्बन्धि सम्पूर्ण सेवा एकै ठाउँमा पाइने भएकाले चाबहिलमा जस्तै यहाँ पनि सेवाग्राहीको सेवा गर्न मौका मिल्ने विश्वास छ ।’ दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित अस्पतालले विशेषगरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई विषेश छुटको पनि व्यवस्था गरेको शर्माले जानकारी दिए ।
डेन्टलले सातै दिन विहान ९ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने गरेको छ । साथै बिरामीले अस्पतालको फेसबुक पेजमार्फत, टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउन सक्नेछन् ।