Logo

पत्नी कुट्नेको जागिर चट्



एजेन्सी, ९ माघ । कतिपय घरमा हिंसा हुन्छ तर लुक्छ । विशेषगरी पतिले पत्नीलाई कुटपिटका घटना विश्वभर समस्या बनेको छ । यस्ता हिंसा सायदै बाहिर आउँछन् । आएपनि मिलेमतोमा टुंगिन्छ ।

चीनमा भने एकजना पुरुषले पत्नी कुटेपछि जागिर गुमाएका छन् । सियान शहरमा एकजना पुरुषले पत्नीलाई कुटेको भिडियो भाइरल भयो । ती पुरुषको जागिर गएको छ । उनलाई पाँच दिन कैद समेत राखिएको छ ।

वाङ पेङफीले पत्नीको टाउकोमा हिर्काएको भिडियो भाइरल भएको हो । कुटपिट हुँदा बच्चा साथमै थिए । भिडियो वाङकी पत्नीले सामाजिक सञ्जालमा भाइरल बनाइन् ।

वाङ काम गर्ने सिनसिलु ट्रेड कम्पनी सान्सीको एयरपोर्टमा आधार बनाएको समूहमा रहेको छ । उनलाई उक्त कम्पनीले सबै जिम्मेवारी र पदबाट मुक्त गरेको सूचना जारी गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्