Logo

ज्योति लाईफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस कति दिने ?



काठमाडौं,९ माघ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संशोधन गरेको छ ।

परिमार्जित लाभांश अनुसार अब कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेछ ।

कम्पनीको कार्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, बीमा समितिले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि मात्र नगद लाभांश साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने गरि प्रस्तावित लाभांश परिमार्जन गर्न निर्देशन दिएको थियो ।

बीमा समितिको निर्देशन अनुसार बैंकले लाभांश संशोधन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot