काठमाडौँ, ९ माघ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज मुलुकको वर्तमान अवस्थाका बारे पत्रकार सम्मेलनमार्फत् पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो। तर, उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष ओली पत्रकार सम्मेलन रद्द गरि प्रेस बक्तव्यमार्फत पार्टीका आधिकारिक धारणाहरु पार्टीको अधिकारी फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो । हाल उनको अवस्था सामान्य रहेको छ।
पार्टीको अधिकारी फेसबुक पेजमा लेखिएको छ
जानकारी तथा अनुरोध
मुलुकको वर्तमान अवस्थाका बारेमा पत्रकार सम्मेलनमार्फत् पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष कमरेड केपी शर्मा ओलीमा कोभिड संक्रमण देखापरेका कारण प्रेस बक्तव्यमार्फत सार्वजनिक गरिएको छ । हाल उहाँको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहनुभएको जानकारी गराउँछु ।
आशा छ, तपाईंहरुका सञ्चारमाध्यममार्फत् आमजनतामा हाम्रो पार्टीका धारणाहरु पु-याइदिनुहुनेछ ।
विष्णु रिजाल
उपप्रमुख
केन्द्रीय प्रचार विभाग
९ माघ, २०७८