काठमाडौं, ९ माघ । एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो जुन अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले बढी हो ।
दोस्रो त्रैमास अबधिमा संस्थाको प्रति सेयर आम्दनी (EPS) ४०.७७ पुगेको छ ।
कम्पनीले ब्याज आम्दानी ९०.१२ प्रतिशतले र सञ्चालन नाफा १८३.७३ प्रतिशतले वृद्धि गरेको छ ।
साथै, खुद नाफामा उच्च सुधार भएका कारण लघुवित्तको प्रतिसेयर आम्दानी पनि १९ रुपैयाँ १८ पैसाले बढेर ४० रुपैयाँ ७७ पैसा पुगेको छ । साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४३ पैसा छ ।
रिजर्भ कोष १७१.१६ प्रतिशतले बढेर १ अर्ब १९ करोड ५ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।