एजेन्सी, ९ माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ।
बेलायतको विदेश मन्त्रालयले युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको जनाइएको छ। मुरायेव रुसका समर्थक मानिन्छन्।
रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमण गर्ने रुसी योजना रहेको आरोप लगाउँदै आएका छन्। तर, रुसले भने युक्रेनमा आक्रमणको योजना नरहेको बताउँदै आएको छ।-Photo: Agency