Logo

गबठन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मुकदर्शक बनेको छ : ओली (विज्ञप्तीसहित)



काठमाडौं, ९ माघ । नेकपा (एमाले) ले अहिले मुलुकको बाह्य सम्बन्धनमा गम्भीर असन्तुलन र विचलनहरु देखा परेको टिप्पणी गरेको छ। आज (आइतबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वक्तव्य जारी गर्दै यस्तो उल्लेख गरेका छन् ।

उनले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरुका लागि कम्फर्टेबल बन्ने वचनबद्धतासहित गठन भएको गबठन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मुकदर्शक बनेको आरोप लगाएका छन् ।

त्यस्तै, नेपाली भूमिमा भारतबाट एकतर्फी रुपमा संरचना निर्माण भईरहँदा सरकारले आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिहेको पनि एमालेको टिप्पणी छ ।

हेरौं विज्ञप्तीको पूर्णपाठ :



प्रतिक्रिया दिनुहोस्