Logo

एनएमबी बैंकका शेयरधनीले आजबाट नगद लाभांश पाउने



काठमाडौं, ९ माघ । एनएमबी बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ ।

कम्पनीले आज (आइतबार)बाट पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.३ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन लागेको हो ।

कम्पनीले डिम्याट खातामा रहेको बैंक खातामा आइतवारदेखि जम्मा गर्न लागेको जानकारी दिएको छ ।

पुस २२ गते सम्पन्न एनएमबी बैंकको वार्षिक साधारण सभाले १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot