Logo

जिप्रका धनुषाद्वारा सेवा प्रवाहलाई व्यवस्थित गर्न ‘बार’ प्रणाली लागू



काठमाडौँ, ९ माघ। कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाहलाई व्यवस्थित गर्न ‘बार’ प्रणाली लागू गरेको छ। कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गरेको हो।

कोभिड–१९ संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि कार्यालयमा सेवा प्रवाहलाई सहज बनाउन स्वास्थ्य मापदण्डहरु अपनाई अर्को व्यवस्था नभएसम्मका लागि ‘बार’ प्रणाली अनुसार सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

प्रशासनले लागू गरेको बार प्रणाली अनुसार आइतबार र सोमबार क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराईन नगरपालिका, गणेशमानचारनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्।

त्यसैगरी मंगलवार र बुधवार मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, औरही गाउँपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गरिने छ।यस्तै बिहिबार र शुक्रबार धनौजी गाउँपालिका, शहिदनगर नगरपालिका, विदेश नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गरिने धनुषा प्रशासनले जनाएको छ।अन्य अत्यावश्यक सेवा र मुद्धा सम्बन्धी कार्यहरु भने नियमित रुपमा प्रदान गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्