Logo

निर्वाचनलाई लिएर पहिले प्रचण्ड र माधव नेपाल छुट्टै छलफलमा, त्यसपछिमात्रै देउवालाई भेट्ने



काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

आज बस्ने भनिएको सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक पहिले दाहाल र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको हो । उनीहरु स्थानीय तहको निर्वाचन पहिले गर्ने पक्षमा नरहेको कुरा आईरहेको छ ।

तर, सरकारको नेतृत्व गरेको कांग्रेसमा भने स्थानीय तहको निर्वाचन नै पहिले गर्नुपर्ने दबाब सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवामाथि परेको छ । प्रधानमन्त्री देउवाले आजै विज्ञहरुसँग पनि परामर्श गर्ने भनिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने कुनैपनि हालतमा स्थानीय तहको निर्वाचन सार्न नपाईने चेतावनी दिएको छ । तर, कुनैपनि निर्वाचन जुनसुकै समयमा भएपनि आफ्नो पार्टीले सामना गर्ने भनेर अध्यक्ष केपी शर्मा ओलीले आजमात्रै विज्ञप्तीमार्फत स्पष्ट पारिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot