काठमाडौ, ९ माघ । स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तिय विवरण अनुसार आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले एक अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ४९.३६ प्रतिशतले बढी हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.९० प्रतिशतले बढेर एक अर्ब ६५ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बैंकको खुद कमिशन आम्दानी ५४.५८ प्रतिशतले बढेको छ ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड ४६ लाख रुपैयाँ रहेको छ। सञ्चालन मुनाफा ४८.६९ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७ पैसाले बढेर २३ रुपैयाँ ५ पैसा कायम भएको छ। साथै, बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २८ पैसा रहेको छ ।