Logo

कोरोना संक्रमण बढी युवालाई हुन्छ किन ?



काठमाडौं, ९ माघ । गत २४ घन्टामा मात्र नेपालमा कोरोना भाइरसबाट १० हजार भन्दा बढी संक्रमित थपिएका छन् । शनिबार मात्रै १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन फैलिरहेको अवस्थामा नियन्त्रण तथा रोकथामको लागि सरकारले उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली समेत लागु गरेको छ ।

पछिल्लो समयमा उमेरसमुह अनुसार कोभिड–१९ बाट संक्रमित हुनेहरुमा २१ देखि ३० वर्ष उच्च रहेको छ । गत २४ घन्टामा संक्रमित मध्ये २८ सय ७० जना यो उमेरसमुहका रहेका छन् ।

त्यस्तैगरी, ३१ देखि ४० वर्ष उमेरसमुहका २२ सय ४४ जना संक्रमित भएका छन् । मन्त्रालयको अनुसार शनिबार ८० वर्ष भन्दा माथिका ५९ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, १० वर्ष मुनिका १४६ जना, ११ देखि २० वर्ष सम्मका ४३३ जना, ४१ देखि ५० वर्ष सम्मका ११ सय ७१ जनामा शनिबार संक्रमण पृष्टि भएको हो ।

६१ देखि ७० वर्ष सम्मका ३७१ र ७१ देखि ८० वर्ष सम्मका १५९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको सुरुवाती देखि नै युवाहरु बढी संक्रमित हुँदै आएका छन् । तर, कोरोना मृत्युदर भने बृद्धा बृद्धको उच्च रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्