Logo

मधेस प्रदेश सरकारले सच्यायो प्रदेश राजपत्र



काठमाडौँ, ९ माघ। मधेस सरकारले चुच्चे नक्सासहितको राजपत्र प्रकाशन गरेको छ। प्रदेशले नाम र स्थायी राजधानी पाएपछि मधेस प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्रमा नेपालको पुरानै नक्सा प्रकाशन गरेपछि यसको आलोचना भएको थियो।

आलोचनापछि प्रदेश सरकारले आज (आइतबार) पुनः चुच्चे नक्सासहितको प्रदेश राजपत्र प्रकाशन गरेको हो।मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भूलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको जानकारी दिए।-File Photo



प्रतिक्रिया दिनुहोस्