Logo

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी



काठमाडौं, ९ माघ । शेयर बजारमा आइतबार (आज) ७ अर्ब बढीको कारोबार भएको छ । नेप्सेमा १० अंकको गिरावट आएपनि आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ ।

कम्पनीको आज ३२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य १५ सय १३ रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज अपि पावर कम्पनीको १९ करोड बढीको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको १७ करोड ५२ लाख, शिखर इन्स्योरेन्ज्स कम्पनीको १७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्