ओखलढुंगा, ९ माघ । गुडिरहेको बोलेरो जिपलाई माथिबाट ढुंगा झरेर किच्दा घटनास्थलमै मृत्यु भएका ३ जनाको सनाखत भएको छ । ओखलढुंगामा सडक निर्माण गर्दै गरेको डोजरलाई ढुंगाले किच्दा तीनजनाको मृत्यु भएको हो ।
३५६९ नम्बरको बोलेरोमा सवार सिद्धिचरण नगरपालिका– १ की युनिषा कोइराला, इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका हेमबहादुर मगरको मृत्यु भएको हो । प्रहरीको अनुसार अनुसार ३ जना घाइतेमध्ये देवबहादुर र सञ्जीवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । घाइते दुईजनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार सुरु भएको छ । लक्ष्मी कोइरालाको भने जिल्लामा नै उपचार भइरहेको छ।
सहरी विकास पूर्वाधार आयोजनाको ठेक्कामा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट ढुंगा लडाएको थियो । सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभीरमा ढुंगाले किचेको हो ।