Logo

टेकु अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित, खोप अभियान स्थगित



काठमाडौं, ९ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ ।

अस्पतालमा कार्यरत  चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ५० जना भन्दा बढी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरेको अस्पतालले जानकारी दिएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले भोलि (सोमबार) देखि अर्को आइतबार (माघ १६ गतेसम्म) सम्म एक साताका लागि खोप अभियान स्थगित भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्