Logo

पूर्वानुमान शाखाका ८ मौसमविद् कोरोना संक्रमित



काठमाडौं, ९ माघ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका ८ जना कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय रहेको सो शाखाका ११ जनामध्ये ८ जना मौसमविद संक्रमित भएका हुन् ।

अधिकांश मौसमविद्लाई संक्रमण भएपछि कार्यालयको फोन उनीहरुको मोबाइलमा डाइभर्ट गरिएको विभागले जनाएको छ । गत माघ १ गतेदेखि शाखाका मौसमविद्हरु लगातार संक्रमित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्