Logo

वर्षमान फर्कने भएपछि प्रचण्डले यसकारण डाके केन्द्रीय कमिटी बैठक



काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार चीनबाट फर्कने तय भइसकेको छ । पुन आउने तय भएपछि अध्यक्ष पृुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठक डाकेका छन् ।

२७ माघबाट माओवादीको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यसका लागि सदस्यहरुलाई परिपत्र समेत भएको छ ।

माओवादी बैठकले पदाधिकारी चयन गर्ने बुझिएको छ । माओवादीमा अध्यक्षबाहेक पदाधिकारी चयन भएको छैन ।

अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा धेरै आकांक्षी भएकाले कुरा मिल्न सकेको छैन । महासचिवमा वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल र देव गुरुङ मुख्य दाबेदार छन् । प्रचण्डले कस्लाई महासचिव बनाउने हुन् ? चासो बनेको छ ।

प्रचण्डले वर्षमान पुनलाई बनाउने सम्भावना पनि बलियो छ । उनले पुनलाई नबनाए शक्ति बस्नेतको सम्भावना छ । जर्नादन शर्माले पछिल्लो समय प्रचण्डको मन जितेका छन् । तर, शर्मा सरकारमा पनि रहेकाले प्रचण्ड सरकारबाहिर रहेकालाई महासचिव बनाउने पक्षमा रहेको विश्वस्त स्रोतले बताएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्