Logo

कच्चाबिलमार्फत करोडौंको कारोबार गर्ने डिलरको धमाधम पोल खुल्दै



काठमाडौं, माघ १०। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिसँग मिलेमतो गरी सरकारलाई करोडौं रुपैयाँ राजस्व ठगी गर्ने विभिन्न डिलर कम्पनीको पनि धमाधम पोल्न खुल्न थालेको छ ।

भगवती लेमिनेट्सको ‘ट्याक्स प्लानीङ’ (राजस्व छली धन्दा)मा सघाउ पु(याई राज्यलाई ठग्दै आइरहेका दर्जनौ डिलर राजस्व अनुसन्धान विभागको अनुसन्धान घेरामा तानिने भएका छन् । दर्जनौं डिलर भगवती लेमिनेट्सको राजस्व छली धन्दाको ‘मतियार’ बनेको भन्दै उनीहरूलाई राजस्व अनुसन्धान विभागले छानबिन घेरामा राखेको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०७६ अनुसार राजस्व चुहावट कसुरमा मतियार बनेको पाइए मुख्य अभियुक्तको भन्दा आधा सजाय हुने व्यवस्था छ । मुख्य अभियुक्तलाई भने कसुरको प्रकृति हेरी १ करोडदेखि १० करोड रुपैयाँसम्म बिगो र एक महिनादेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

करोडौं राजस्व छली गरेको प्रारम्भिक आधार फेला परेपछि राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्स प्रालिको मेचीनगर–१० झापास्थित केन्द्रीय कार्यालयमा एक साताअघि छापा मारी राजस्व छलीसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । भगवती लेमिनेट्सले वास्तविक कारोबारका लागि ‘कच्चाबिल’ र भ्याटका लागि ‘पक्काबिल’ प्रयोग गरेर राजस्व छल्दै आइरहेको छ ।

भगवती लेमिनेट्सँग कच्चा बिल र पक्का बिलमार्फत कारोबार गर्दै राजस्व छली कार्यमा संलग्न हुँदै आइरहेका केही थप डिलरहरूको सूची फेला पारेको छ । यसअघि ललितपुरको सानेपास्थित सुरज फर्निचरलगायतका डिलरहरूसँग पनि भगवती लेमिनेट्स प्रालिले कच्चा बिलमार्फत कारोबार गरी राजस्व छली गरेको खुलासा भएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot