Logo

सरकारलाई जनताको अलिकति पनि मतलब छैन



काठमाडौं, माघ १० । राजधानीमा सञ्चालित वित्तीय संस्थाहरुले सरकारले कोरोना नियन्त्रण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । जसको कारण वित्तीय संस्थाहरु कोरोना उल्पादन गर्ने कलकारखाना बन्दै छन् ।

वित्तीय संस्थामा काम गर्न कर्मचारीहरुले पनि कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन । नेपाल राष्ट्र बैंक, सहकारी विभाग र अर्थ मन्त्रालयले यी संस्थामा अनुगमन गरेको छैन ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाभित्र सञ्चालित वित्तीय संस्थाहरुको अनुगमन गरेको छैन । पछिल्लो समय वित्तीय संस्थाका धेरै कर्मचारीहरु कोरोनाको चपेटामा परेका छन् ।

धेरै कोरोना संक्रमित भइसक्दा अधिकांशले कोरोना परीक्षण गर्न सहमति जनाउँदैनन् । सरकारले वित्तीय संस्थाहरुमा वर्क फर्म होमको नियम लागू गरेन् भने भुसमा आगो फैलिएझैँ कोरोना फैलिन्छ ।

बैंक, सहकारी बन्द गर्नको लागि उपत्यकाका सिडियोहरुले निर्णय गरेका छैनन् । चाँडोभन्दा चाँडो यो निर्णय गरेर कोरोना फैलाउनबाट रोक्न आवश्यक कदम चाल्न ढिलो भइसकेको छ ।

वित्तीय संस्थाहरुमा जम्मा गर्ने र रकम निकाल्नेको भीड उत्तिकै छ । कर्जा लिन जानेहरुको न तापक्रम नाप्छन्, न सामाजिक दूरीको पालना नै भइरहेको छ, न वित्तीय संस्थाहरुले स्यानिटाइजरको व्यवस्था नै गरेका छन् ।

वित्तीय संस्थामा कारोबार गर्न जानेहरुले न मुखमा मास्क लगाएका छन्, मुखमा मास्क नलगाए पनि बैंकभित्र छिरिरहेका छन् । सीधै छिर्यो, क्यास काउन्टरमा पुग्यो र कोरोना फैलायो ।

क्यास काउन्टरमा रकमको कारोबार गर्नेहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन । यसले बालबच्चामा समेत कोरोनाको जोखिम बढाइदिएको छ । अहिले पनि बैंक, फाइनान्सले धितो लिएर कर्जा दिइरहेका छन् । कर्जा लिने मानिसहरु सीधै हाकिम भएकोतिर गइरहेका छन् ।

कर्जा मात्र रोकिदिने हो भने पनि बैंक, फाइनान्समा धेरै हुलमुल कम हुने देखिन्छ । सरकारी कार्यालयमा मानिसको चाप त्यस्तै छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot