एजेन्सी, १० माघ। चीनले ताइवानको हवाई सुरक्षा पहिचान क्षेत्र (एडीआईजी) मा ३९ वटा लडाकु विमान पठाएको ताइवानका रक्षा मन्त्रालयले दाबी गरेको छ । अमेरिका र जापानले फिलिपिने सुमन्द्रमा जलसेनाको संयुक्त अभ्यास गरेको भोलिपल्ट नै चीनले ताइवानमा लडाकु विमान पठाएको हो ।
आइतबार राति चीनले २४ जे १६ फाइटर जेट र १० जे १० जेट र अन्य सहयोगी र विद्युतीय युद्धपोट ताइवानतर्फ उडाएको हो । फिलिपने समुन्द्र ताइवानको पूर्वमा रहेको प्रशान्त महासागरको हिस्सा हो । गत वर्षको अक्टोबरमा पनि चिनियाँ जहाजहरू आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको मन्त्रालयको भनाइ छ ।
यसमघि गत वर्षको अक्टोबर ४ मा चीनले ५६ वटा लडाकु विमान सो क्षेत्रमा पठाएको थियो । गृहयुद्धका क्रममा सन् १९४९ मा चीन र ताइवान अलग भएका थिए । तर, चीनले अहिले आएर ताइवानलाई आफ्नो भुमी दाबी गर्न थालेको छ ।-Photo: Agency