Logo

त्रिविका विज्ञान संकायका कक्षा अब अनलाइनबाट हुने



काठमाडौँ, १० माघ । अब त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विज्ञान संकायका कक्षाहरु अनलाइनमार्फत सञ्चालन हुने भएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको कारण माघ ९ गतेदेखि बन्द भएका कक्षाहरु माघ ११ गतेदेखि अनलाइन (भर्चुअल)माध्यमबाट सुचारु हुने भएका हुन् । विश्वविद्यालयले आज विज्ञप्ती जारी गर्दै कक्षा सञ्चालन बारे जानकारी गराएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot