Logo

उपेन्द्रले रेणुलाई किन काँध थापे ?



काठमाडौं, १० माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवले ‘गौर नरसंहार’ दोहोराउने अभिव्यक्ति दिएर पनि कारबाही भएको छैन । उनले गौरमै पुगेर जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ‘गौर नरसंहार’ दोहोरिने सक्ने भन्दै धम्की दिइन् । बहालवाला मन्त्रीले हिंसा मच्चाउने खालको अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै कठोर कदम चालेनन् ।

मन्त्री यादवलाई पदबाट हटाउन दबाब बढिरहेको छ । उनले हिंसा मच्चाउने अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ । तर, उनलाई कारबाही गर्ने साहस न त उनका दलका अध्यक्ष उपेन्द्र यादवले गरे न त प्रधानमन्त्री देउवाले ।

रेणु यादवलाई पदबाट हटाउन सत्तारुढ काँग्रेसभित्रै दबाब बढेको छ । तर, देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका कारण कारबाहीको कदम चालेनन् । उपेन्द्रले रेणुलाई संरक्षण गरेका छन् ।

रेणु उपेन्द्र यादवका विश्वासपात्र मानिन्छिन् । उपेन्द्रकै कारण उनले पटक पटक मन्त्री बन्ने अवसर पाइन् । जसपाले पाएको आकर्षक मन्त्रालय मध्ये सबैभन्दा महत्वपूर्ण भौतिक पूर्वाधार मन्त्रालय पनि पाइन् । जसपा सरकारमा जाँदा भौतिक पूर्वाधार मन्त्रालयमा महेन्द्र राय यादवको दाबी थियो । तर, उनलाई कृषिमा लगियो ।

जसपा विगतमा फुटाउन लाग्दा पनि रेणु यादव समेत संलग्न भएकी थिइन् । उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्न अगाडि सरिसकेकी थिइन् । जसपाको २ वर्ष अघि हुनलागेको विभाजन रोकियो ।

रेणु यादवलाई उपेन्द्र यादवले बर्खास्त हुनबाट जोगाइरहेका छन् । उनले रेणुलाई हदैसम्म काँध थापेको भन्दै निकटस्थहरु समेत असन्तुष्ट हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot