काठमाडौं, १० माघ ।कोरोना महामारीको कारण काठमाडौं उपत्यकामा सरकारले स्मार्ट लकडाउन लगाएको छ । खासगरी सवारीसाधनमा सरकारले जोर विजोर प्रणाली लागु गरेको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले काठमाडौं उपत्यकाभित्रको आवागमनमा कडाई गरेको छ । सवारीसाधनमा लगाईएको जोर विजोर प्रणाली उल्लंघन हुन थालेपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधनलाई अहिले नियन्त्रणमा लिईएको पाईएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम