Logo

केएमसी र नोबेल कलेजको सम्बन्धन खारेजीको प्रक्रिया अगाडी बढाउन माग



काठमाडौं, १० माघ । सरकारले तोकेकोभन्दा बढी शुल्क विद्यार्थीसँग लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरिएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै २ कलेजको सम्बन्धन खारेजीको प्रक्रिया अगाडी बढाउन संयुक्त विद्यार्थी संगठनले सरकारसँग माग गरेको हो ।

संगठनले संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । विद्यार्थी संगठनको माघ १० गते काठमाडौं विश्वविद्यालयसँग छलफल गर्ने, ११ गते जिल्ला प्रशासनसँग छलफल गर्ने र १२ गने संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता लिन, विद्यार्थी र विपन्न जनतालाई सहुलियतको व्यवस्था गर्न तथा इन्डक्सन चुलोको व्यवस्था गर्न संगठनले जोडदार माग गरेको छ । विद्यार्थीहरुले स्ववियु निर्वाचनको गुहकार्य र आवश्यकता प्रकिया सार्वजनिक गर्न पनि त्रिवि प्रशासनलाई आग्रह गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र मोहन वैद्य) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot