Logo

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप



काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।

भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ । सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्