Logo

नयाँ भेरियन्ट ‘ओमिक्रोन’पछि कोरोना अन्त्य हुन्छ भन्नु गलतः डब्लूएचओ



एजेन्सी, ११ माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको प्रष्ट पारेको छ ।डब्लूएचओले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको हो ।

डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए ।कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन् । उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरियन्ट आउन सक्ने बताए ।

उनले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई परिवर्तन गर्नका लागि त्यस्तो परिस्थितिलाई परिवर्तन गर्न आवश्यक रहेको जसका कारण महामारी फैलिएको बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot