Logo

बारामा ११ वर्षीय बालकमाथि चक्कु प्रहार, नेपालगञ्जमा उपचार हुँदै



नेपालगञ्ज, ११ माघ । बाँकेमा ११ वर्षका बालकमाथि चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका–५, उढरापुरमा ११ वर्षीय ध्रुव काँदुमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । ध्रुवको कानको तल चक्कु प्रहार गरिएको र बेहोस अवस्थामा भेटिएका थिए ।

उनलाई सोमबार राति ८ बजेतिर चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । धु्रवका बुवा कुखुराको फार्ममा राति बस्ने गर्दथे । बालक बुवा भएको ठाउँमा पुगेर घर फर्किएका बेलामा चक्कु प्रहार भएको देखिएको छ ।

घरका मानिसले बुवा भएको ठाउँमा होला र बुवाले घर गयो होला भनेर बालकको खोजी गरेका थिएनन् । खेतमा परालको कुन्यूमा बालकलाई बेहोस अवस्थामा स्थानियले भेटेका थिए । बालकको हाल नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot