Logo

महाराष्ट्र कार दुर्घटना, विधायकका छोरासहित ७ जनाको मृत्यु



एजेन्सी, ११ माघ। भारतको महाराष्ट्रको वर्धामा कार दुर्घटना हुँदा विधायकका छोरासहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ । हिजो (सोमबार) राति भएको दुर्घटनामा कारमा सवार ७ जनाको मृत्यु भएको हो । दुर्घटना वर्धा नजिकै तुलजापुर राष्ट्रिय राजमार्गको सेलसुरा शिवरमा भएको हो ।भारतीय संचारमाध्यमका अनुसार सेलसुरा शिवर हुँदै जाँदा कारले जङ्गली जनावरलाई बचाउने क्रममा कार अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मृत्यु हुने सातै जना सवांगी मेघे मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।मृत्यु हुनेमा तिरोडा विधानसभा क्षेत्रका भाजपा विधायक विजय रहांगडाका छोरा अविष्कार रहांगडा पनि थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजाल ट्वीटर मार्फत दुर्घटनामा परी मृत्यु भएकाका मृतकका परिवाररलाई २/२ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot