Logo

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



पाल्पा, ११ माघ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-६ बस्ने बर्दिया मधुवन नगरपालिका-३ घर भएका २१ वर्षीय सागर चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सागरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot